ठगी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सी व्यवसायी सोनु अग्रवाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७५, आईतवार ०५:०३

काठमाण्डौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् ।

कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिँदैसँगै उनी पक्राउ परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१