राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने बादलको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७५, आईतवार ०४:५१

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्माणाधीन स्मारकको अवलोकन भ्रमणपछि उनले जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याइ काम गराउने बताए।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले गोकर्णमा राष्ट्रिय शहीद स्मारक निर्माण गर्ने निर्णय गरेको थियो। साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत विस्तृत परियोजना प्रस्ताव तयार भई यसको निर्माणका लागि विसं २०६८ देखि चार वटा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो।

यज्ञडोल (जगडोल)  सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण भइरहेको स्मारकको ठेक्का पाउने निर्माण कम्पनीमा डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, कालिकास्थान, सूर्य–आरबी–जनपथ जेभी जोरपाटी, चक्रेश्वरी–सूर्य–जीवन जेभी छन्। विसं २०७२ मै काम सक्नुपर्ने निर्माण व्यवसायीले अझै काम नसक्दा शहीदका निर्माण भइरहेको स्मारक अलपत्र बनेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१