विमानस्थललाई तीन करोड नतिरेपछि सौर्यको उडान रोक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०५:०७

काठमाडौं । विमानस्थल प्रयोगबापतको शुल्क लामो समयदेखि नबुझाएपछि सौर्य एयरलाइन्सको उडान रोक्का गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आन्तरिक उडान गर्ने सौर्य एअरलाइन्सको उडान बिहीबारदेखि रोक्का गरेको हो। कम्पनीले विमानस्थललाई तीन करोड रुपैयाँभन्दा बढी बक्यौता तिरेको छैन।

सौर्यले सिआरजे दुई सय सिरिजका ५० सिट क्षमतायुक्त एक थान जहाजमार्फत काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गर्दै आएको छ। सौर्यसँग भएको सोही सिरिजको अर्को जहाज भने बिग्रिएर बसेको छ।

विमानस्थलले ल्यान्डिङ, पार्किङ, सुरक्षा, कोठा काउन्टर लगायत शुल्क लिने गर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१