दोलखाका विद्यार्थीलाई न्यानो कपडा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०४:३९

काठमाडौँ । दोलखा भिमेश्वर नगरपालिका ५ मा रहेको विसुन्टोल आधारभूत विद्यालयका २० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका नेपाली बालबालिकाहरूले तिहारमा देउसी–भैलोबाट जम्मा गरेको रकमबाट कपडा वितरण गरिएको हो । २२ हजार ३ सय ३२ रुपैयाँबाट किनिएको कपडा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र अभियन्ता नीता राउतले संयुक्त रुपमा हस्तान्तरण गरे । बालबालिकालाई निरन्तर विद्यालय आउन यस कार्यक्रमले थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक परशुराम थापाले बताए ।

जम्मा भएको रकमले १ थान स्वीटर र १ थान टोपी प्रदान गरिएको हो । अमेरिकामा बस्ने विस्वेस ढुगाना, स्मीती उपाध्याय, सन्तोष क्षेत्री, अक्षत ढुंगाना, प्रतिक उपाध्याय, रिवाज रेग्मी, पार्थ रेग्मीले हरेक वर्ष देउसी भैलोबाट संकलित रकम नेपालको विभिन्न क्षेत्रमा रहेका बालबालिकाको लागी खर्च गदै आइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१