अमेरिकी लडाकु विमान जापानमा दुर्घटना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०४:३५

टोकियो । जापानको दक्षिण–पश्चिमी तटीय क्षेत्रमा दुई अमेरिकी लडाकु विमान  आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् ।

सैनिक अधिकारीहरुले विमानमा सवार चालक दलका ७ मध्ये ५ जना हराइरहेको बताएका छन् । आकाशमा एक लडाकु विमानमा सैनिक विमानबाट तेल भर्ने क्रममा ठोकिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानीजहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीले बताए ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकु विमान र नौसैनिक जहाजहरुको दुर्घटना हुने क्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकु विमान ओकिनावानजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सी–हक लडाकु विमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौताबमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०