अनुहारको चमकतालाई कायम राख्न के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०४:२६

कुनै पनि मानिसलाई अर्को मानिसले पहिलो पटक हेर्ने भनेको उसको अनुहार हो । यदी अनुहार राम्रो देखेमात्र अन्य कुरामा मानिसले उक्त व्यक्तिबारे चाँसो दिन्छन् । त्यसैले अनुहार सुन्दर हुनु अत्यन्त आवश्यक हुन्छ ।

अनुहारमा रहको हरेक मानिसको चमकता उमेर अनुसार नै परिवरत्न हुँदै जान्छ । अर्थात् अनुहारको चमकता हराउँदै जान्छ । आफ्नो अनुहारलाई सुन्दर राखिरहनका लागि मानिसले निकै ध्यान दिनुपर्छ ।beautifulanuhar

अनुहारको सुन्दरता बचाउनका लागी आफैले नै विचार पुर्याउनुपर्छ कुन बेला के गर्ने भनेर ।

यहा केहि त्यस्ता उपायहरू छन् जुन तपाईको अनुहारको चमकतालाइ कायम राख्न मद्दत गर्छ:
– मुहारलाई सुन्दर राख्न र चाँडै बुढयौली आउन नदिन चिन्ता र तनाव मुक्त हुनु पर्छ ।

– डर, अनिन्द्रा, कब्जियतबाट टाढा रहनु पर्छ ।

– खानामा प्रसस्त भिटामिन, खनिज पदार्थ, दुधबाट बनेका तत्वहरु, ताजा फलफुल, हरियो सागपात, गेडागुडी, माछा, मासु, जस्ता पौष्टिक तत्व खाने गर्नुपर्छ ।

– अत्याधिक चिया, कफी सेवन, रक्सी, चुरोटको सेवनले पनि सुन्दरतामा ह्रास ल्याउँछ ।

–समयमा सुत्ने, बिहान सबेरै उठ्ने, बिहान नियमित व्यायाम गर्ने, सकरात्मक सोच राख्ने, खेलकुद, मनोरञ्जनमा नियमित सहभागी हुने जस्ता कार्यले पनि सुन्दरतालाई लामो समयसम्म जोगाउनुका साथै बुढ्यौली टाढा भगाउँछ ।

– मुहारलाई सुन्दर राखिरहन घरमै पनि ‘फेसप्याक’ बनाएर नियमित प्रयोग गर्दा यसले मुहारको सुन्दरता कायम राख्छ ।

– उमेर ढल्किन थालेपछि सातामा एक पटक मुहारको मालिस गराउने । मालिसले छालालाई चाउरिनबाट केही मात्रामा भए पनि जोगाउँछ । मालिस गर्दा साह्रै चाँडो र ढिलो भन्दा ठिक्कसँग गर्नु पर्छ ।

– दैनिक रुपमा ‘एन्टि रिँकल क्रिम’को प्रयोग गर्नुपर्छ ।

– दैनिक रुपमा मुहारको ‘क्लिन्जिङ’ गर्नुपर्छ ।

– घरबाट बाहिर निक्लनु अघि ‘सन ब्लक क्रिम’को प्रयोग गर्दा पनि घामबाट छाला जोगिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१