टाउको दुखाईको अवस्थाले संकेत गर्छ स्वास्थ्य समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७५, शनिबार ०४:२२

टाउको दुखाईको कारण एकमात्र हुँदैन। टाउको दुखाईको प्रकृति पनि एकनास हुँदैन । कहिले चर्को घाममा बस्दा टाउको दुख्छ, कहिले अनिदोको कारण टाउको दुख्छ । कहिले चिसोले टाउको दुख्छ । कहिले यात्राका क्रममा टाउको दुख्छ।

टाउको दुखाई चार प्रकारको हुने बताइन्छ । यद्यपी त्यसले शरीरको समस्यापनि संकेत गर्छ । त्यसैले टाउको किन दुखिरहेको छ ? समस्या खोजेर त्यसको हल गरियो भने जटिल अवस्था झेल्नु पर्दैन ।

यसकारण दुख्छ टाउको

१. पिनासका (साइनस)

पिनासका कारण टाउको दुखेमा टाउकोको अग्रिम भाग तथा अनुहारमा पीडा हुनेगर्छ । जब टाउकोमा पिनास भरिन्छ वा आँखा, नाक तथा गालाको पछिल्तिर रहेको पिनासको नलीमा अवरोध सिर्जना हुन्छ, र उक्त नलीमा सुजन हुन्छ, त्यतिबेला टाउकोमा अधिक पीडा हुने गर्छ ।

विहानीको समयमा यो पीडा बढी हुन्छ भने टाउको अगाडी, पछाडी लग्दा पनि अधिक पीडा हुने गर्छ ।

के छ उपचार ?

अधिक मात्रामा पानीको सेवन गर्ने ।

पिनासका कारण टाउको दुखेमा अधिक मात्रामा तातो पानीको सेवनले टाउकोमा जमेको पिनासलाई पगाल्न मद्दत गर्छ र सुजन कम गर्छ र पिनास खुलाउँछ । त्यसबाहेक, चिसो वा तातो कपडाको सहायताले पिनास भएको ठाउँ वरिपरि थिचेर पनि टाउको दुखाई कम गर्न सकिन्छ ।

२. तनाव

कतिपय अवस्थामा तनावले पनि टाउको दुख्छ । तर, यो धेरै कममा हुने समस्या हो । मांसपेशीमा तनाव भएमा टाउको तथा गर्दनमा बढी पीडा हुने गर्छ । यस्तो दुखाई तुरुन्तै निको पनि हुनसक्छ, निको हुन केही दिन पनि लाग्न सक्छ ।

अनिन्द्रा, गलत खानपान, तनाव पूर्ण वातावरण, मदिराको सेवनले पनि टाउको दुखाईलाई बढाउने गर्छ ।

तनावका कारण टाउको दुखेमा सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्ने गर्छ । तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ । त्यस्तै, मांसपेशी जकडिएको महसुस हुने गर्छ ।

के छ उपचार ?

पर्याप्त निद्रा, अदुवाको चियाको सेवनले पनि शरीरलाई तनावबाट मुक्ती दिलाउँछ । त्यस्तै, टाउकोलाई ठन्डा राख्ने विभिन्न तेलको प्रयागले पनि तनावका कारण हुने टाउको दुखाईबाट शरीरलाई आराम दिलाउँछ ।

क्लस्टर

यस किसिमको टाउको दुखाई महिलाको तुलनामा पुरुषलाई चार गुणा बढी हुने गर्छ । यद्यपी, यस किसिमको टाउको दुखाई पुरुषको तुलनामा महिलाहरुलाई बढी हुने गर्छ ।

यस किसिमको दुखाईमा टाउकाको एउटा भाग लगातार दुख्ने गर्छ । उक्त दुखाई एक महिनासम्म पनि हुनसक्छ, एक वर्षसम्म पनि लम्बिन सक्छ ।

क्लस्टर टाउको दुखाई भएमा टाउकोमा अत्याधिक मात्रामा पिडा हुन थाल्छ । यस्तो पिडा क्लस्टर वा समूहमा हुने गर्छ । यस किसिमको दुखाई हप्तामा वा महिनमा एक पटक वा सो भन्दा बढी पटक हुनसक्छ । हरेक क्लस्टर चक्रको अन्तमा यस किसिमको समस्या आफै बन्द भएर जान्छ । एउटा चक्र सकिएपछि यस्तो पिडा फेरि दोहरिन छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । यस्तो पिडाको कारण अहिलेसम्म यकिन हुन सकेको छैन ।

के छ उपचार ?

यस किसिमको पीडा भएमा निश्चित कि्रमको प्रयोगले पनि या समस्या कम हुनसक्छ ।

माइग्रेन

माइग्रेनको दुखाई मस्तिष्कमा हुने रक्त नलीको सुजनका कारण हुने गर्छ । यो पिडा जुनसुकै कारणले हुनसक्छ । जस्तै, उज्यालो बत्ती, दुर्गन्ध, चर्को आवाज, पेय पदार्थको अधिक सेवन ।

सामान्यतयाः माइग्रेन पेन २५ वर्ष उमेर देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी हुने गर्छ । अन्य उमेर समूहका मानिसलाई पनि माइग्रेन हुने गर्छ ।

माइग्रेन पेन भएमा पीडा एउटा आँखामा मात्र पनि सिमित हुने गर्छ । यस किसिमको दुखाई अचानक सुरु हुन्छ र टाउकोको एउटा भागमा मात्र पनि रहन सक्छ ।माइग्रेन पेनको विभिन्न लक्षण हुने भएकोले यसलाई अन्य दुखाई भन्दा भिन्न पनि मानिने गर्छ ।

माइग्रेन पेन भएमा आँखामा आसु भरिने, नाकबाट सिँगार्न बग्ने वा नाक बन्द हुने जस्ता समस्या देखिन सक्छ । माइग्रेन भएमा थकाई लाग्ने, हाई आउने, दृष्टी परिवर्तन हुने, हातखुट्टा झमझमाउने गर्छ ।

के छ उपचार ?

माइग्रेन पेनमा ओमेगा-३ फ्याट्टी एसिड, म्याग्नेसियम तथा भिटामिन बी १२ को सेवन लाभदायक मानिन्छ । यसको लागि आफ्नो नियमित खानामा यी कुराहरु समावेश गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१