पत्रकार कुसारी दाजुभाईद्वारा घाईते विनाेदलाई एक लाख सहयाेग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७५, शुक्रबार ०९:१६

सागर थापा  । अश्वत बन्दुकधरीले गाेलि चलाउदा अमेरिकामा सख्त घाईते भएका विनाेद जेठारालाई दाङका पत्रकार देविराम कुसारी र अमेरिका निवासी उहाका कान्छा भाइ टिकाबहादुर कुसारीले एक लाख अार्थिक सहयाेग गर्नुभएकाे छ । अमेरिकाकाे टेक्सास स्थित ब्रायान भन्ने स्थानमा रहेकाे एप्पल स्टप नामक ग्यास स्टेसनमा कार्यरत नेपालका जेठारालाई गएकाे साेमवार विहान ग्राहाक वनेर अाएकाे एक अश्वयत बन्दसकधारीले गाेलि हानेकाे थियाे । विहान पसल खाेल्ने वेला चलाएकाे गाेलि जेठाराकाे मुटुमा लागेकाे छ । यसरी गाेलि लागि सख्त घाईते भएका जेठाराकाे उपचारमा अार्थिक समस्या भएपछि दाङका पत्रकार कुसारी र उहाका भाईले नेपाली एक लाख ९१ रुपैया नगद सहयाेग गर्नुभएकाे हाे । दुख पर्दाकाे पिडालाई महूष गरी अाफुहरुले सहयाेग गरेकाे कुसारी दाजुभाईले जानकारी दिनुभएकाे छ । कुसारी दाजुभमईले यस अघि पनि विभिन्न व्यक्ति तथा सामाजिक क्षेत्रमा सहयाेग गर्दै अाउनु भएकाे छ । जेठाराकाे उपचारका लागि टेक्सास निवासी धनबहादुर कुसारीले छालेकाे अभियान वाट चार दिनमै करिव १५ लाख भन्दा बढि रकम उठेकाे छ । घाईते जेठाराकाे हाल ब्रायान स्थित सेन्ट जाेसेफ अस्पतालमा उपचार भैरहेकाे छ । जेठाराकाे मुटुमै गाेलि लागेकाे हुदा अबस्था गम्भीर भए पनि उपचारमा कुनै कमि नहुने अस्पताल श्राेतले दावि गरेकाे छ । विगत एक वर्ष देखि टेक्सास वस्दै अाएका जेठाराकाे घर नेपालमा कन्चनपुर जिल्लाकाे धनगडिकाे पुनर्वास हाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१