कालापत्थर पुग्यो रग्बी विश्वकप ट्रफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७५, शुक्रबार ०९:०२

काठमाडौं । जापानमा सन् २०१९ को सेप्टेम्बर महिनामा आयोजना हुने रग्बी विश्वकप ट्रफी बिहिबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको छ । बुधबारमात्र नेपाल भ्रणमा ल्याईएको ट्रफी बिहिबार सगरमाथाको आधार शिविर कालापत्थरमा प्रदर्शनी गरिएको हो ।

रग्बीको विश्वकप ट्रफी टुर अन्तर्गत नेपालमा पनि ल्याईएको हो । ट्रफी शुक्रबार विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने कायक्रम रहेको नेपाल रग्वी संघका अध्यक्ष टंक्लाल घिसिङले जानकारी दिनुभयो  ।

मंसिर २२ गते टुँडिखेलमा रग्वी फेस्टिभलसँगै ट्रफीको प्रदर्शनी गरिनेछ । फेस्टिभलमा स्कुल रग्वी प्रतियोगिता, महिला रग्वी सेभेन, पुरुष रग्वी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने नेपाल बिद्यालय रग्बी आयोगका अध्यक्ष दिपक अधिकारीले जनाउनुभयो । ट्रफी टुरको अन्तिम दिन मंसिर २३ गते राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वसँग फोटो खिच्ने र प्रदर्शनी गरिने कार्यकम छ ।

नेपालमा पहिलोपटक रग्बीको विश्वकप ट्रफी ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी टुर गराईएको थियो । रग्वी विश्वकप सन् २०१९ को सेप्टेम्बरमा जापानमा हुँदैछ । विश्वकपमा धेरै  देशको सहभागिता रहने नेपाल बिद्यालय रग्बी आयोगका उपाध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०