“अन्तराष्ट्रिय अपाङ्ग दिवस”मा पत्रकार ढुंगाना सम्मानित (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७५, शुक्रबार ०५:०१

काठमाडौं । बरिष्ठ पत्रकार तथा राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको “Count me, include me” “अन्तराष्ट्रिय अपाङ्ग दिवस”को अवसरमा संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित   द्वारा सम्मानित भएका छन्  ।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई बिशेष  सम्मान गरिएको राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

सोही अवसरमा शिक्षाविद भवानीप्रसाद पौडेल ,समाजसेबी डोल्मा लामा ,चित्र बहादुर रसाइली,नबिनचन्द्र श्रेष्ठ,राजेश्वरीश्रेष्ठ, इन्दिरा घले   लगाएत २० जोडी अपाङ्गता भएकाहरुलाई सामुहिक सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री पण्डितले सम्मानित भएका सबैलाई बधाई दिदै अपांगता भएकाहरुको लागि आफुले छुट्टै संयन्त बनाउने समेत उद्घोष गर्नुभयो।

कार्यक्रमका अध्यक्ष समेत रहेका  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको अध्यक्ष निलकण्ठ पौडेलले अपाङ्गता भएकाहरुको लागि ६ थान विल्चेयर ,बैशाखी र सेतो छडी समेत कार्यक्रममा वितरण गरेका थिए । कार्यक्रमा २०० भन्दा बढी अपाङ्गताहरुको उपस्थिति रहेको थियो ।

पौडेल  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रमार्फत देशभरीका अपाङ्गलाई स्वरोजगार बनाउने अभियानमा लागेका छन् । उनले अपाङ्गहरूलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ भनेर मैनबत्ति बनाउने, ह्याण्डी क्राफ्टका सामानहरू बनाउने तालिम दिँदै आएका छन् । पौडेल हाल देशभरी अपाङ्गमैत्री विद्यालयको निर्माण अभियानमा लागेका छन् । शरीर अपाङ्ग भएपनि उनले दिमागलाई सक्रिय बनाएर आफूजस्तै अपाङ्गको अधिकारका लागि लागिपरेका छन्।

फोटो हेर्नुस :

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/271620420165819/

https://www.facebook.com/rastriyakhabar/videos/262452191117780/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१