टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७५, शुक्रबार ०४:१२

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले २०७५ मंसिर १९ गते नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख अतिथि फ्रान्सका राजदुत  श्री Francois-Xavier LEGER को आतिथ्यतामा सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरियो ।

टानले तीन दिनको पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम आइस हिमालयका अध्यक्ष श्री मौरिस डुचेन र उनको टोलीको संयुक्त सहकार्यमा अयोजना गरिएको थियो ।

Embassy of France in Kathmandu – La France au Népa को सहयोग र Alliance Française Kathmandu, Société Française de Médecine de Catastrophe (SFMC), A), Association Nationale des Instructeurs et Moniteurs de Secourisme (ANIMS)  र Secours En Montagne France को प्राविधिक सहयोगमा यो पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो  ।

प्रशिक्षकहरुका प्रमुख Yues Prunier,  Magalic JeanTeur, Lucie Cordier, Claude Massuye  Laure De Saint Blanquat का पाँच प्रशिक्षकहरुका टिमले तालिम दिएका थिए ।

टानका अध्यक्ष नवराज दाहालले पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिमको अन्तिम चरण प्रमाणप्रत्र वितरण कार्यक्रममा सबैलाई स्वागत गर्दै आइस हिमालयको टोलीहरुलाई कृतज्ञता व्यक्त गर्नुभयो । यस तालिमले टे«किङ्ग गाईड र पोर्टरहरुलाई उपयुक्त अनुभव दिई टे«किङ्ग जाने क्रममा आउन सक्ने समस्याहरुलाई समाधान गरी सुरक्षा  सुनिश्चित गर्न सहयोग पुग्ने कुरामा जोड दिनुभयो ।

टानका महासचिव आङ पेम्बा शेर्पाले सबै प्रशिक्षार्थी सहभागीलाई ट्रेकिङ जाने क्रममा यस तालिमले सजिलै संग आइपर्ने समस्यालाई समाधान गर्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि, His Excellency Mr. Francois-Xavier LEGER ले जीवनमा कुनै पनि बेला घटना घट्न सकिने हुँदा यस प्राथमिक उपचार तामिलले प्रशिक्षार्थीहरुको जीवनमा ठूलो भूमिका रहेने बताउनुभयो ।

यस तालीममा फ्रेन्च first-aid, medical diseases, expedition pharmacy जस्ता पाठ्यक्रमहरु सिकाई पदयात्रामा जाँदा आउन सक्ने खतराहरुलाई समाधान गरी सुरक्षित रहन सिकाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१