बंगलादेशको निजी मेडिकल कलेजमा पढेका अधिकांशका लाइसेन्स परीक्षामा फेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७५, बिहीबार ०५:२१

बंगलादेश  । बंगलादेशका निजी मेडिकल कलेजमा पढेका विद्यार्थीहरू नेपालमा लिइने चिकित्सकीय लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढदै गएको छ । साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाइसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए ।

परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशतमात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए । आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सरकारीभन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् । तर यहाँबाट एमबीबीएस गरेकाहरू लाइसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही वर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिसले जनाएको छ । विशेषज्ञहरूका अनुसार निजी मेडिकल कलेजमा पढाइको स्तर खस्कँदै गइरहनु यसको मुख्य कारण हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१