भृकुटीमण्डपका स्टलका २६ वर्षदेखिको भाडा ४ करोड २५ लाख रुपैयाँभन्दा धेरै उठाउन बाँकी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७५, बिहीबार ०५:१७

काठमाडौँ । समाज कल्याण परिषद्ले २६ वर्षदेखि भाडा नतिरी भृकुटीमण्डपको स्टल प्रयोग गरिरहेका व्यवसायी तथा संस्थालाई बक्यौता बुझाउन अन्तिमपटक अल्टिमेटम दिएको छ ।

परिषद्कोजग्गा २०४९ देखि ४७ वटा संघसंस्था तथा निजी क्षेत्रले प्रयोग गर्दै आइरहे पनि अधिकांशले भाडा तिर्न अटेरी गर्दै आइरहेका थिए ।

परिषदका अनुसार विभिन्न संघसंस्थाबाट ४ करोड २५ लाख रुपैयाँभन्दा धेरै उठाउन बाँकी छ । भाडा नतिर्नेमा संघसंस्था तथा निजी क्षेत्रमात्र नभई प्रमुख प्रतिपक्षी दल कांग्रेस र यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पनि छन् । कांग्रेसले प्रदर्शनी हल प्रयोग गरेबापत १२ लाख ३४ हजार ८ सय ५४ र नेविसंघले ८ लाख ७८ हजार ४ सय ७६ रुपैयाँ तिर्न बाँकी छ । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले ८१ लाख, राष्ट्रिय अपांग महासंघले ४६ लाख, काठमाडौं नेत्रहीन संघले ३३ लाख, उपभोक्ता मञ्चले ३० लाख, पत्रकार महासंघ काठमाडौं शाखाले ११ लाख तिर्न बाँकी छ ।

यस्तै, बालबालिकाका निम्ती गैरसरकारी संस्था महासंघले २० लाख ४३ हजार २ सय ९५, नेपा कन्स्ट्रक्सनले ७ लाख ७७ हजार,ह्यापी डिलले ५ लाख ८५ हजार, नेपाल साना पसल श्रमिक संघले ३ लाख ६० हजार ९ सय ४, नेपाल कराँते संघले ३ लाख ४८ हजार ९ सय ३६ रुपैयाँ, नेपाल कराँते संघले ३ लाख ४८ हजार ९ सय ३६ रुपैयाँ, नेपाल मोबाइल व्यवसायी संघले २ लाख र नेपाल फर्निचर संघले १ लाख ७५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

पीसीसीटी नेटवर्कको १ लाख २२ हजार ८ सय २, राजनीतिक पीडित सहायता कार्यालयको १ लाख ७६ हजार ९ सय १७, केन्द्रीय उपभोक्ता सहकारी संघ नेपालको ७३ हजार ५ सय ६७ र ग्रामीण महिला तथा बाल विकास समाजको ५२ हजार ५१ रुपैयाँ बक्यौता छ । राष्ट्रिय युवा सेवा कोषले ५० हजार ८ सय ६१ र पूर्वकर्मचारी निवृत्त सेवा परिषद्ले २७ हजार ५ सय ८८ रुपैयाँ तिर्न बाँकी छ । परिषद्का अनुसार स्टल नम्बर ६४ मा पसल गर्ने रोहित बस्नेतले ३ हजार ३ सय ४९, विश्वबहादुर जोशीले ८ लाख ३१ हजार १ सय ८२, लेदर विङ्सले २ हजार ४ सय ९६, राजेन्द्रबहादुर श्रेष्ठले ३१ हजार ६ सय ५६ रुपैयाँ बुझाउन बाँकी छ ।

भृकुटीमण्डप सञ्चालन कार्यालय प्रमुख सञ्जयकुमार मल्लिकले भाडा नबुझाउनेको स्टलमा तालाबन्दी गरी सामान जफत गरिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१