अष्ट्रेलियास्थित राजदूत शेर्पामाथि छानबिन गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग राखेको छ । बुधबार प्रेस नोट निकाल्दै प्रमुख प्रतिपक्षी कांग्र‍ेसले शेर्पामाथि  मानव तस्करीमा संलग्नु भनी लागेको आरोपको सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा लेखिएको छ, कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौँ।

कांग्रेसले छानबिनका क्रममा दोषी ठहरिएमा तत्काल बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

बिहिबार, मंसिर २०, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री