चोपडाको ७५ फुटको पहिरन बारे संसारभर चर्चा ! सेतो र ७५ फुट लामो यो के हो?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७५, बिहीबार ०४:५२

सेतो र ७५ फुट लामो यो के होरु यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन। बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार एउटा इन्स्टाग्राम पोस्ट गर्दै विवाहको यो पहिरन सार्वजनिक गरिन्।

प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा ‘भव्य खाले’ विवाह गरेका थिए। उनको पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए र त्यसमा बीस लाख सितारा जडान गरिएको थियो। तर सबैको ध्यान भने उनको घुम्टीले तान्यो।

केही महिनाको गहिरो प्रेमपश्चात् प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफ्नो टिकाटालोको घोषणा गरेका थिए। अहिले इन्टरनेटमा समेत मानिसहरू उक्त पहिरनबारे चर्चा गर्न थालेका छन्।

धेरै ठूलो भएकाले त्यो पोसाकलाई सम्हाल्न एउटा सानो समूहको नै आवश्यकता परेको थियो। र, केही व्यक्तिले त त्यसलाई विभिन्न खाले कुरासँग तुलनाहरू पनि गरे।

केही व्यक्तिले त त्यसलाई डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टीसँग पनि तुलना गरेका छन्। प्रियंका चोपडाको पहिरनमा हातले नै मोती लगाइएको थियो।

उनले शनिवार जोधपुरको उम्मेद भवन राजमहलको ‘लन’ मा भएको समारोहमा त्यो पहिरन लगाएकी थिइन्। ईसाई परम्परामा जोडिएको उक्त धार्मिक अनुष्ठानमा जोनासको पिता पल केविनले पादरीको भूमिका निभाएका थिए। पल वास्तवमा पनि पादरी नै हुन्। तीन दिनसम्म चलेको विवाह समारोहमा आइतवार हिन्दू परम्पराका अनुष्ठानहरू गरिएको थियो।

पिपल म्यागेजिनसँग कुराकानी गर्दै प्रियंकाले उनको विवाह धर्महरूको मिलन रहेको बताएकी छिन्। उनले भनिन्, “हामी जुन सुन्दर परम्पराहरूमा हुर्कियौँ तिनलाई आफ्नै तरिकाले सामेल गर्‍यौँ।”

३६ वर्षकी प्रियंका चोपडाले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक भएको केही दिनमै त्यसलाई पुष्टि गरेकी थिइन्। एउटा साक्षात्कारमा उनले दुई जनाबीच सबैभन्दा पहिले सेप्टेम्बर २०१६ मा कुराकानी सुरु भएको बताएकी थिइन्।

मे २०१७ मा ‘मेट गाला’ नामक एक कार्यक्रममा उनीहरू दुवैजनालाई सँगै देखिएको थियो र उनीहरू दुवैले राल्फ लोरेनले डिजाइन गरेको पहिरन पहिरिएका थिए।

त्यसको एक वर्षपछि नै दुवैको सम्बन्ध बारे खबर आउन थालेका थिए। प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्येमा पर्छिन्।

सन् २००० मा मिस वर्ल्डको ताज जितेकी उनले ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनले अमेरिकी चलचित्र उद्योगमा पनि अभिनय गरेकी छिन्। टेलिभिजन श्रृंखला ‘क्वान्टिको’ बाहेक अन्य केही चलचित्रमा समेत उनी देखा परिसकेकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१