अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७५, बिहीबार ०४:४३

काठमाण्डौ । शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गरेको छ ।

पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेको छ । आफूहरुको माग वेवास्ता गरेको भन्दै अर्थमन्त्री डा। खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरिएको छ ।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्थमन्त्रीको राजीनामाको माग सहित अनशन बस्ने कुरा उल्लेख गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जको कार्यालयमा मंसिर २३ गते बिहान १० बजेदेखि रिले अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१