खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०४:१९

तपाईंलाई आफ्नो जीवनको के कुराले बढी भयाभित तुल्याउँछ ?

जवाफ, ‘उमेरमै जवानी गुज्रिएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर ।

तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे बुढो वा तन्नेरी हुँदैनन् । कोही उमेर गुजि्रएर पनि जवान देखिन्छन् । कोही कम उमेरमै पाको देखिन्छन् । यस्तो किन हुन्छ होला ?

यसमा कतिपय जन्मजात गुण/अवगुण पनि हुन्छ । कोही ४५, ५० बर्ष पार गरेर पनि २८ बर्षे ठिटो झै देखिन्छन् । कोही २५ बर्षमै ४० बर्षे झै जीर्ण देखिन्छन् ।

हरेक निमेष-निमेषमा हाम्रो उमेर गुजि्रन्छ । उमेर गुज्रेसँगै हाम्रो रुपरंग फेरिदै जान्छ । फिका हुँदै जान्छ । जति जति उमेर ढल्कन्छ, उत्तिनै अनुहारको छाला चाहुरिन्छ, कपाल पातलिन्छ, दाँत कमजोर हुन्छ । रजनीशले बुढो वा जवान हुनुमा उमेरभन्दा बढी उसको सोंच, चिन्तन, प्रवृत्ति, व्यवहार जिम्मेवार हुने कुरा उल्लेख गरेका छन् । व्यवहारिक रुपमा पनि त्यस्तै देखिएको छ ।

उमेरभन्दा चाडै बुढ्यौलीको संकेत देखिनुमा हाम्रो केही गल्ती-कमजोरी हुन्छ । हाम्रो सोच्ने तरिका, जीवन भोग्ने तरिका । गलत खानपान, जीवनशैली यसको कारण बन्ने गर्छ ।

खानेकुराले बुढोपन ?

खानेकुरा खाने नराम्रो बानीले गर्दा समय भन्दा पहिले नै बुढोपन आउन सक्छ । खानेकुराको प्रभाव सिधै उमेरमा पर्न जान्छ । सबैको चाहना हुन्छ कि आफू सँधै जवान र तन्दुरुस्त देखिने तै पनि आफुले नचाहँदा नचाहँदै सँधै फिट र जवान रहन सकिदैन । तर, खानेकुरा खाने तरिका बदलियो भने केहि हद सम्म उमेर भन्दा कम देखिन सकिन्छ ।

१.चिनीको बढिमात्रा प्रयोग

धेरैजनालाई गुलियो खानेकुरा खान मनपर्छ । तर कमैलाई मात्र थाहा छ कि बढि गुलियो खानेकुरा खानाले ग्लिसीसन हुन सक्छ । जब चिनीको अणु प्रोटिनमा मिल्छ तब ग्लिसीसनको उत्पादन शरिरमा बढ्न जान्छ । यसले छालाको कोलजनको नष्ट गर्छ । जसले गर्दा बुढोपनको लक्षण देखिन थाल्छ ।

२.जंकफुडको सेवन

कुनै पनि चिजको बढिमात्रामा प्रयोग गर्दा हानिकारक हुन्छ । हरसमय जंकफुडको सेवनले शरिरमा नकारत्मक असर पर्छ । जंकफुडमा ट्रान्स फ्याट हुन्छ जसले गर्दा शरिर सुन्निन सक्छ । जहिल्यै पनि सुन्निरहनाले छालामा असर पर्छ र छिट्टै बूढोपन देखिन्छ ।

३. अत्याधिक कार्बोहाइड्रेटको सेवन

शरीर स्वस्थ राख्नको लागि काब्रोहाइड्रेटको सेवन पनि जरुरी हुन्छ । तर, धेरै मात्रामा यसको सेवन गर्नाले पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको प्रभाव पनि चिनीको जस्तै हुन्छ । र ग्लिसीसनको समस्या हुन सक्छ ।

४. धेरै कफी पिउनु

कफीको सेवन सिमित मात्रामा गर्नाले शरिरलाई फाइदा गर्छ । तर, यसको धेरै प्रयोग गर्नाले छालामा डिहाइड्रेसन हुन सक्छ र बुढोपनको लक्षण देखिन थाल्छ ।

५.नुनको बढिमात्रामा प्रयोग

शरीरलाई चाहिने भन्दा बढि नुनको प्रयोग गर्नाले वाटर रिटेशनको समस्या हुन सक्छ । जसको कारण शरिर सुन्निन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१