शरीरका लागि अति महत्वपूर्ण हुन्छ आँखी भौं तथा आँखा कोष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०३:५२

काठमाडौं । शरीरका अंग जस्तै, हात खुट्टा, औंला आदिले हाम्रो दैनिक जीवनलाई सहज बनाइरहेका हुन्छन् । यी अंगहरु बिना हामीले मानव जीवनको कल्पना पनि गर्न सक्दैनौं । तर, हाम्रो शरीरमा केही यस्ता अंगहरु छन् , जसको काम हामीले प्रत्यक्ष देख्न सक्दैनौं र ती अंग सुन्दरताको लागि मात्र भएको ठान्छौं।

अनुहारमा हुने आँखीभौंलाई सुन्दरता संग जोडेर हेरिन्छ । आँखीभौंले अनुहार सुन्दर बनाउने हुनाले यसको आकर्षक आकारको लागि अनेक उपाय गर्ने गरिन्छ। यसको कामबारेमा सोंच्दा भने हामीले झट्ट त्यस्तो कुनै काम सोंच्न सक्दैनौं र आँखीभौं नभएपनि हुने सोंचमा पुग्छौं । तर आँखीभौंले हाम्रो आँखाको लागि निकै महत्वपूर्ण काम गरिरहेको हुन्छ । अनुहारमा पानी पर्दा वा पसिना आउँदा आँखीभौंले त्यो पानी र पसिनालाई आँखाभित्र जानबाट बचाउँछ। यसले गर्दा पसिनामा हुने नुन, किटाणु आँखामा जान पाउँदैनन् ।

दुई आँखीभौं बीचको खाली भाग नेपाली समाजमा टिका लगाउनको लागि प्रयोग गरिन्छ । आध्यात्मिक हिसाबले यही भागमा तेस्रो आँखा हुन्छ । यो बाहेक यसको हामीले खासै प्रयोग देख्दैनौं । तर, वैज्ञानिक दृष्टिकोणले पनि यो भागलाई महत्वपूर्ण मानिन्छ । दुई औंलाले आँखीभौं बीचको भागमा चिमोटेर छोड्दा, यदि त्यो पुरानै रुपमा आउँछ भने शरीरमा पानीको मात्रा प्रयाप्त भएको र यदि त्यो केही छिन चिमोटेकै आकारमा बस्यो भने शरीरमा पर्याप्त पानी नभएको मानिन्छ।

कान हामीले सुन्नको लागि प्रयोग गर्छौं । कानमा भएको अगाडीको भाग भने हामीलाई सुन्दरता बाहेक केही लाग्दैन। तर, त्यो भागले कानलाई जोगाउने काम त गर्छ नै, आवाज नजिकबाट आएको हो या टाढाबाट आएको भन्ने कुरालाई थाहा पाउन पनि मद्दत गर्छ । त्यस्तै घांटीमा , जिब्रोको फेंदमा तर्कुलाबाट झुण्डीएको अंगले हामीले सास लिंदा मुख भित्र जाने ब्याक्टेरियालाई रोकेर शरीर भित्र पस्नबाट रोक्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०