गिजाबाट रगत आउने समस्या छ? यस्ता छन् घरेलु उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०३:४८

के तपाईलाई दाँत वा गिजाबाट रगत आउने समस्या छ? साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । आज हामी तपाईलाई यस्ता समस्याबाट बच्ने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं।

१. ल्वाङको तेलमा कपास भिजाएर दुखेको ठाउँमा रखेमा अस्थायी रूपमा दुखाइ कम हुन्छ।
२. आधा चम्चा धुलो नुन र आध चम्चा मरिचको धुलो मिलाएर औँलाको सहराले दाँत मझ्नाले दाँत वा गिजाबाट रगत आउन बन्द हुन्छ।

३. बेसारको धुलोमा थोरै नुन रखेर त्येसमा तोरीको तेल हल्ने अनि औँलाले हल्का तरिकाले दिनको दुईचोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ।
४. कगतीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धुलोले दाँत माझ्नाले दाँतबाट रगत आउदैँन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१