तातो पानीले नुहाउँदाका बेफाइदा यस्ता छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७५, बुधबार ०३:४४

काठमाडौं । जाडोमा धेरैजनाले तातो पानीले नुहाउँछन्। तर पानी ३२ डिग्री सेल्सियसभन्दा बढी भयो भने छाला र कपाललाई हानि पुग्छ। छालारोग विशेषज्ञ अपूर्व जैनले धेर तातो पानीले नुहाउँदाका बेफाइदाका बारेमा चर्चा गरेका छन्।

तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ।

यसले कपालमा खराब असर पार्छ । कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन्छ।

तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ।

तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ।

तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ।

तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ।

तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ। समयअगावै चाउरी पर्न थाल्छ।

तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ।

तातो पानीले छालाको चमक गायब बनाइदिन्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१