पिसाबमा फिँज आउनुले के-के संकेत गर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७५, मंगलवार ०४:३९

पिशाबलाई मानिसको स्वास्थ्यको एउटा सूचक मानिन्छ । यदि स्वास्थ्य ठिक छैन भने त्यसको असर पिसाबमा देखिन सक्छ ।

यदि पिशाब सफा छ भने त्यसले स्वास्थ्य ठिक रहेको संकेत गर्छ । तर, यदि यो गाढा रंगको छ र यसबाट गन्ध र फिँज आइरहेको छ भने स्वास्थ्य गडबड हुन सक्छ । कहिलेकाहीँ सामान्य कारणले पनि पिशाबबाट फिँज आउँछ त्यसैले चिन्ता लिइहाल्नृ पर्दैन । तर, यदि नियमितरुपमा नै पिसाबमा फिँज आइरहेको छ भने डाक्टरसँग परामर्श गर्नु उचित हुन्छ ।

पिसाबमा नियमितरुपमा फिँज देखिनुका यी कारणहरु हुन सक्छन्ः

डिहाइड्रेसन
शरीरमा पानीको कमीका कारण कहिलेकाहीँ पिसाबमा फिँज बन्छ । किनकी जब हाम्रो शरीर डिहाइड्रेड हुन्छ, त्यतिबेला शरीरबाट प्रोटीन तथा केही केमिकलहरु निस्किन्छन् । त्यसैले सकेसम्भ धेरै पानी पिउने गरौं ।

गर्भावस्था
गर्भावस्थामा महिलाको शरीरमा अनेकन परिवर्तनहरु देखिन्छन् । यही परिवर्तनमध्ये एक हो पिसाबमा फिँज बन्नु । यो यसकारण कि प्रेग्नेन्सीको समयमा मृगौला धेरै काम गर्नुपर्छ । यसले गर्दा प्रोटीन लीक हुन्छ र यही कारणले पिसाबममा फिँज बन्न थाल्छ ।

तनाव
चिन्तित र तनावगस्त अबस्थामा पनि पिसाबमा फिँज बन्न सक्छ । यसको कारण हो एलब्यूमिन, जुन पिसाबमा पाइने एक प्रकारको प्रोटिन हो । बढि तनावका कारणले किड्नीबाट यो प्रोटीन लीक आउट हुन्छ ।

डाइबिटिज
उच्च रक्तचाप किड्नीका लागि राम्रो होइन किनभने यसको सोझो असरले गर्दा पनि पिसाबमा फिँज बन्छ । डाइबिटिजका कारणले पनि किड्नी खराब हुन सक्छ । डाइबिटिज भएका व्यक्तिहरुको पिसाबमा फिँज देखिन्छ । लामो समयदेखि आफ्नो सुगरको जाँच गराउनु भएको छैन भने डाइबिटिज विशेषज्ञलाई देखाइहालौं । राम्ररी उपचार गराउँदा डाइबिटिजका साथै पिसाबमा फिँज आउने समस्या समाधान हुन्छ ।

प्रोटिनयूरिया
यदि पिसाबमा प्रोटिनको मात्रा धेरै भयो भने यस अवस्थालाई प्रोटिनयूरिया भन्ने गरिन्छ । मृगौलाले राम्ररी प्रोटिन फिल्टर गर्न नसक्दा यो अवस्था आउँछ । यस्तो अवस्थामा चाँडै कुनै डाक्टरससँग परामर्श गरिहाल्नुपर्छ ।

यूटीआई
यूटीआई या यूरिनरी ट्र्याक्ट इन्फेक्सन महिलाहरुमा हुने एक आम तर ठूलो समस्या हो । फोहोर शौचालय प्रयोग गर्दा यस्तो हुन्छ । ब्याक्टेरियाले यूरिनरी ट्र्याक्टमा प्रवेश गर्छ जसको कारण उनीहरुलाई जलनको महसुस हुन्छ र पिसाबमा फिँज आउन थाल्छ । त्यसैले यस्तो समस्या हुनासाथ तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुस किनकी यूटीआई एन्टिबायोटिक्स खाएपछि मात्रै ठिक हुन्छ । यसका अलावा सफा शौचालय र सेनिटाइजर्स प्रयोग गर्ने कुरामा सचेत हुनुस ।

मुटुको समस्या
पिसाबको समस्याले कहिलेकाहीँ मुटुरोगतर्फ पनि संकेत गरेको हुन्छ । यूरिनमा प्रोटिनको बढि मात्रा भयो भने स्ट्रोकको सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१