एनएमको पाँचौं अन्तर्राष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७५, सोमबार ०५:००

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय ९ग्रेट हिमालयन० महोत्सव हुने भएको छ ।

नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । महोत्सवमा हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक नाच, झाँकीहरु सहितको खेल पर्यटनको विकास गर्ने हेतुले दक्षिण एसियाकै म्याराथन धावक बैकुण्ठ मानन्धरको नामबाट ‘एन एम ए बैकुण्ठ मानन्धर हिमालय म्याराथन’ आयोजना गरिने भएको संघका अध्यक्ष सन्त वीर लामाले बताए ।

‘महिला र पुरुष दुवै समूहमा म्याराथन आयोजना गरिने छ,’ उनले भने, ‘पुरुष समूहका लागि ४५ किलोमिटर र महिला समूहका लागि त्यसको आधा दुरी तय गरिएको छ ।’ म्याराथनमा सहभागिहरुले फुस्रेखोला, निर्मलपोखरी, बागमारा हुँदै सोही स्थानसम्म सो दुरीमा दौडनुपर्ने जनाइएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ लाख, ५० र २५ हजार नगद पुरस्कारको व्यवस्था रहेको समेत जानकारी दिइयो ।

त्यस्तै, ‘एन एम ए हिमालय साइक्लिङ’ र ‘एन एम ए टोनि हेगन टुरिज्म पेन्टिङ’ विधाका प्रतिस्पर्धाहरुमा समेत पुरस्कार राशीको व्यवस्था छ । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृति नाच एवं खानाका स्टलहरुमा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट तिनलाई नगद पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रममा लोपोन्मुख तारो हान्ने, छेलो हान्नेका साथमा वोल्डरिङ क्लाम्बिङ समावेश गरिएको आयोजकले जनाएको छ ।

डिसेम्बर ११ अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवसको दिनमा विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए । तिन दिनसम्म चल्ने उक्त महोत्सवमा ४० वटा भन्दा बढी विभिन्न स्टलहरु सजिने भएका छन् । महोत्सवको तयारी स्वरुप ८ सदस्यीय मूल आयोजक किमिटी, ११ सदस्यीय स्टेरिङ कमिटी र महोत्सवको प्रचारप्रसारका लागि मिडिया संयोजक गठन गरिएको जनाइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१