११औ ओडिसी कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७५, सोमबार ०४:५१
काठमाडौँ।  ११औ ओडिसी कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा उपत्यका भित्रका ४० वटा विद्यालयलको सहभागीता भएको थियो । मंसिर ८ गते देखि १६ गतेसम्म जारी बास्केटबल प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ एन्जल हर्ट स्कुल प्रथम हुन सफल भयो भने महिला तर्फ भ्याली पब्लिक स्कुल प्रथम हुन सफल भएकोमा दुबै टिमका विद्यार्थीहरु तथा विद्यालयलाई हार्दिक बधाई ।Most Valuable Player हुन सफल एन्जल हर्ट स्कुलका छात्र सागर परियार तथा भ्याली पब्लिक स्कुलका छात्रा अस्मिता थापालाई हार्दिक बधाई । Fair Play हुन सफल जे.वि स्कूललाई हार्दिक बधाई । विजयता छात्र र छात्रा हरुलाई प्रमुख अतिथि प्रदेश ३,का प्रदेश सभा सदस्य श्री माननीय दिपक निरौला, विषेश अतिथी बास्केटबलका संघका महासचिव नरेन्द्र थापा, काठमाडौ प्याब्सनका उपाध्यक्ष प्रेम राई, टोखा वडा नं.५का वडा अध्यक्ष जगन्नाथ ढकाल र टोखा नगर कमितिका,प्याब्सनका अध्यक्ष टंक चापागाई लगाएका अतिथिज्यूहरुबाट मेडल,सटिफिकेट र ट्रफि वितरण गरियो । सहभागी सम्पूर्ण विद्यार्थीहरु तथा विद्यालयका प्रिन्सिपलज्यूहरुमा न्यानो अभिबादन सहित धन्यबात । ओडिसी विद्यालयका विद्यालय कोडिनेटर नारायण राना लगाएत सम्पूर्ण शिक्षक शिक्षिकाहरुमा आभार तथा न्यानो सम्झना .

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१