प्रियंका बनिन अमेरिकन बुहारी, निकसँग विहे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७५, सोमबार ०४:३२

मुम्बई। बलिउड अभिनेत्री प्रियंका चोपडाले विहे गरेकी छिन्। उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग शनिवार जोधपुरमा क्रिश्चियन परम्पराअनुसार विहे गरेकी हुन्।

जोधपुरको उम्मेद भवन प्यालेसमा हलिउड कलाकारसहित विदेशी पाहुनाको उपस्थितीमा प्रियंका र निकले एकअर्कालाई औठी लगाएका थिए। यद्यपी विहेको तस्बिर सार्वजनिक गरिएको छैन्। विहे समारोहमा मोबाइल फोन निषेध गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका र निकको विहे आइतवार हिन्दू परम्पराअनुसार हुनेछ। त्यसपछि मात्र विहे सम्पन्न हुने बताइएको छ। प्रियंका र निका लामो समयदेखि प्रेममा थिए। खासगरी हलिउड यात्रा ९अमेरिकी शो क्वान्टिको० का क्रममा प्रियंकाको निकसँग भेट भएको बताइन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०