छालाको स्याहार यसरी गरौँ, सधैं जवान देखिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:१९

काठमा‌डाै‌ । समयमै छालाको विशेष हेरचाह गर्न सकिएन भने छाला चाउरिने मात्र नभइ उमेर नपुग्दै अनुहारको छालामा बुढ्यौलीका रेखाहरु देखा पर्न सक्छन्। त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। स्वस्थ्य छालाका लागि नियमित व्यायाम र सन्तुलित खाना आवश्यक पर्छ। छाला सुन्दर र स्वस्थ्य राख्नका लागि तलका पाँच कुरामा विशेष ध्यान दिऔं।

सूर्यको किरणबाट टाढा रहौं

छालालाई सधैं नरम र स्वस्थ्य राख्नका लागि सूर्यको किरणबाट जोगाउनुपर्छ। सूर्यको किरणले छालामा सिधैं असर गर्ने भएकाले घरबाट निस्कनु एक घण्टा अघि अनुहारको छालामा सनस्क्रिन क्रिम लगाएर मात्र निस्कनुपर्छ। बिहानको घाममा निस्कनु परेमा छाता वा टोपीको प्रयोग गर्नुपर्छ। अनुहारको छालामा केही समस्य देखिएमा सम्बन्धी चिकित्सकसँग जाँच गराई परामर्श लिनुपर्छ।

धुम्रपान नगर्ने

धुम्रपान यसै पनि स्वास्थ्यका लागि हानिकारक छ। यसको सेवनले छालालाई निकै असर पुर्याउँछ। धुप्रपान गर्ने मानिसको छाला छिटो झोल्लिने, सुख्खा हुने मात्र नभइ उमेर नपुग्दै बुढ्यौलीपनाले सताउने गर्छ। धुम्रपानले ओठ कालो र फुस्रो बनाउँछ। अर्को कुरा धुम्रपान गर्नेहरुको दाँत पहेलो हुने र श्वास गन्ह आउने समस्या पैदा हुन्छ।

छिटो उपचार गर्ने

यदि छालामा केही समस्या देखिएमा सम्बन्धित विशेषज्ञलाई जाँच गराउनुपर्छ। विशेषगरी जाडो समयमा छाला फुस्रो हुने, चिलाउने मात्र नभइ सुख्खा हुने गर्छ। यस्तो अवस्थामा छिटोभन्दा छिटो छाला विशेषज्ञको सल्लाह लिनुपर्छ। नुहाइसकेपछि पूरै शरीरमा क्रिम वा कुनै राम्रो कम्पनीको तेलले मालिस गर्नुपर्छ। यसो गर्दा छाला सुख्खा हुनबाट बच्छ। यदि मोइश्चरराइजर क्रिम लगाउँदै हुनुहुन्छ भने छालाको स्वभावअनुसार लगाउँदा बुद्धिमानी हुन्छ।

सन्तुलित आहारा

स्वस्थ्य छालाको लागि अर्को महत्वपूर्ण कुरा सन्तुलित आहारविहार नै हो। हामीले खाने नियमित खानामा माछा, मासु, दूध, दही, दाल, तरकारी, सागसब्जी समावेश गर्नुपर्छ। यस्ता खाद्य पदार्थको सही सेवनले छाला स्वस्थ र चम्किलो हुनजान्छ। राम्रो छालाका लागि समयअनुसारका फलफूल, गुडागुडीमा पनि उत्तिकै जोड दिनुपर्छ। भिटामिन, मिनरल्सको सही सेवनले छाला सधैं स्वस्थ रहन्छ।

तनावबाट मुक्त रहने

तनावले छालालाई संवेदशील बनाउँछ। धेरै तनाव लिइरहने व्यक्तिको छाला सुख्खा, फुस्रो र छिट्टै झोलिन्छ। यति मात्र नभएर तनावमा रहिरहने मानिसको कपालमा चायाँ र अनुहारमा पोतोले निकै सताउने गर्छ। त्यसैले सकेसम्म तनावबाट टाढा रहने कोशिस गर्नुपर्छ। तनावबाट बच्न सधैं सकारात्मक कुरा सोच्ने, सन्तुलित खाना खाने , नियमित व्यायाम गर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्छ। एजेन्‍सीकाे सहयाेगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१