मेथीको पातदेखि दाना सबै स्वास्थ्यका लागि अमृत समान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:१५

विभिन्न स्वाथ्र्यवद्र्वक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । वारम्वार पिसाब लागिरहने समस्या छ भने मेथीको पातको रसले निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइंको समस्या धेरैहदसम्म कम भएर जान्छ । धेरैजसो मानिसहरुलाई पेटसम्बन्धी समस्याले सताइरहेको हुन्छ।

यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ । मेथीको साग नियमित भोजनमा समावेश गर्नु औषधी खाए बराबर हुने आयुर्वेदले भन्छ ।

मेथीको दानाको चुर्ण बनाएर दिनुहुँ खाँदा तपाइको तौल नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ मेथीको सेवनले जोर्नीको दुखाईबाट पनि मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् । मेथीलले रुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा दैनिक रुपमा सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ । मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०