मुटुको रोग छ ? त्यसो भए यसरी पिउनुहोस् पीपलको पातको रस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:००

आर्युवेदमा पीपलको विशिष्ठ महत्व छ। पर्यवरणलाई शुद्ध राख्ने पीपल औषधिय गुणले भरिपूर्ण छ। त्यसैले पीपलको रुख पूज्य भएको हो। पीपलको पात, जो हृदय सम्बन्धी रोग भएकाहरुका निम्ती एकदमै लाभदायक हुन्छ। हृदय रोग एवं हृदयघातको समस्यामा पीपलको पातको रस उपयोगी हुन्छ।

रक्त प्रवाहलाई सुचारु गराउन
पीपलको पातको रसले रक्त प्रवाहलाई सुचारु गराउन सहयोग गर्छ । मुटुमा रगतको अवरोध हटाउन पीपलको पातको रसले प्रभावकारी काम गर्छ। भनिन्छ, ९९ प्रतिशत ‘हार्ट ब्लकेज’ हटाउन यस्तो रस उपयोगी हुन्छ।

कसरी प्रयोग गर्ने ?

यसका लागि पीपलको १५ वटा पात चाहिन्छ । पात धेरै कलिलो भने हुनु हुँदैन । प्रत्येक पातको माथिल्लो र तल्लो भाग काट्नुपर्छ र बीचको भागलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यसलाई एक गिलास पानीमा धिमा आगोमा पकाउनुपर्छ । जब पानी उम्लिएर एक तीहाई भाग रहन्छ, तब सेलाएपछि सफा कपडाले छान्नुपर्छ । उक्त पानीलाई चिसो ठाउँमा राख्नुपर्छ।

कसरी प्रयोग गर्ने ?

यो रसलाई तीन खुराक बनाएर प्रत्येक तीन घण्टापछि सेवन गर्नुपर्छ। यदि हृदयघात भइसकेको अवस्था छ भने लगातार पन्ध्र दिनसम्म यसलाई सेवन गर्नुपर्छ, हृदय पुन स्वस्थ्य हुन्छ। साथै हृदयसम्बन्धी जोखिम पनि कम हुन्छ ।

– पीपलको पातमा मुटुलाई बलियो बनाउने एवं शान्त राख्ने अद्भूत क्षमता हुन्छ।

– पीपलको पातको रस तीन खुराक विहान ८ बजे, मध्यन्ह ११ र २ बजे लिन सकिन्छ।

– खुराक लिनुअघि पेट एकदम खाली हुनुहुँदैन। सुपाच्य एवं हल्का नास्ता गरेको हुनुपर्छ।

– प्रयोगकालमा तारेको, भुटेको वा चामल सेवन नगरौ। मासु, माछा, अन्डा, मदिरा, धुमपान बन्द गरौ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१