बोको हरामको विद्युतीय धरापमा परी ७० सैनिकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७५, बुधबार ०५:०३

लागोस, नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् । केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको सुरक्षा श्रोतले जनाएको छ । मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक रहेका छन् भने एक जना प्रमुख सेनानी रहेको समाचारमा जनाइएको छ । तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिनु भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०