नेपालमा पहिलो पटक ४५ देशको सहभागितामा एशिया प्यासफिक समिट हुने (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७५, मंगलवार ०५:२७

काठमाडौं । नेपालमा पहिलो पटक ४५  मुलुकका वर्तमान सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिट हुने भएको छ।

https://www.facebook.com/rastriyakhabar/videos/303137136967169/

सम्मेलन मङ्गसिर १४ देखि १७ गतेसम्म काठमाडौको ह्यात रिजेन्सी होटलमा हुने जानकारी सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी दिएको हो। सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्षरसरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागीहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

४५ देशबाट सहभागिता

सम्मेलनमा एशिया प्यासिफक क्षेत्र तथा विश्वका ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने आयोजकले जनाएका छन् । ढकालका अनुसार सहभागी मध्ये ५०० अतिविशिष्ट पाहुना हुनेछन् । उनका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ ।

दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुने युपीएफले जानकारी दिएको छ ।

https://www.facebook.com/rastriyakhabar/videos/337652360146873/

पत्रकार सम्मेलनमा आयोजत समितिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको जानकारी अनुसार ७ जना राष्ट्र÷सरकार प्रमुख तथा उपप्रमुखहरू, ५ जना प्रथम महिला १० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू सहभागी हुनेछन् । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची आफ्नै विमानमा आउनेछन् ।

सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल फिस फेडरेशन (युपिएफ) अन्तराष्ट्रिय हो। यो संस्था संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्बाट मान्यता प्राप्त संस्था हो। विश्वका १५५ मुलुकमा यसको सक्रिय उपस्थिति छ। सम्मेलनमा २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलन आयोजक समितिका सहअध्यक्ष एकनाथ ढकालले जानकारी दिए। सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुलाई राख्न त्यस अबधिभरका लागि राजधानीका अधिकांश तारे होटल बुक गरिएको छ। राजधानीको ह्यात रिजेन्सी होटलमा करिव ३६०० जना अट्ने अस्थायी सम्मेलन हल निर्माण गरिएको छ।

सम्मेलनले गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ। युनिभर्सल पिस फेडरेशनले सरकार, नागरिक समाज, नीजि क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा यस्ता अन्तराष्ट्रिय शिखर सम्मेलनका सृङ्खलाहरू नै विश्वब्यापी रुपमा आयोजना गर्दै आएको छ। यति बृहद् स्तरमा शिखर सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको आयोजक संस्थाको दावी छ। स्तरमा आयोजना गर्दै आएको छ। यसले हाम्रो समयको गंभिर चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने विश्वास लिएको छ।

पत्रकार सम्मेलनमा उपस्थित भारतीय सत्तारुढ दल भाजपाका नेता बिजय जोलीले नेपालले यस प्रकारको सम्मेलन आयोजना गरेर विश्वमा आफूलाई चिनाउने अबसर पाएको बताए। ‘म हिन्दू हुँ, म कैयौं वर्षदेखि युनिभर्सल पिस फेडरेशनमा सहभागी भइरहेको छु,’ उनले भने, युपिएफले सबै धर्मको उत्तिकै सम्मान गर्छ। सबै धर्मलाई एउटै ठाउमा ल्याउने मञ्च खडा गर्छ।

उनले यस प्रकारको सम्मेलन नेपालमा हुँदा धेरैले रोजगारीको अबसर पाउने, बौद्ध पर्यटनले प्रश्रय पाउने र नेपालको अन्तराष्ट्रिय रुपमा प्रबर्धन हुने उनले दावी गरे। ‘म मस्कोमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिधै शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको छु, उनले भने, ‘मजस्तै नेपाललाई माया गर्ने धेरै मुलुकका विशिष्ट व्यक्तित्वहरु शिखर सम्मेलनमा सहभागी हुन आउँदै हुनुहुन्छ। उहाँहरुले नेपाललाई पक्कै संसारसामु राम्रो सन्देश लैजानु हुनेछ।

सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुने छ। त्यसपछिका सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन,संचारमाध्यमको भूमिकाबारे छलफल हुनेछ। यस शिखर सम्मेलनमा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (आइएपिपि)  को पहिलो भेला पनि सम्पन्न हुनेछ।

नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य जोड रहने आयोजक समितिका सहअध्यक्ष ढकालले बताए । ‘शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ हुनेछ। यसरी हुने वार्ता र छलफल नेपालको नयाँ कुटनीतिक अवसरको सम्भावनाहरूको अन्वेषण गर्न केन्द्रीत हुनसक्ने छन्। सम्मेलनमा सहभागी हुन आउनु हुने राज्य र सरकार प्रमुखको प्रतिनिधि मण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समावेश छन्। तिनीहरूले आपसी लाभप्रद ब्यापारिक अबसरहरूको खोजी गर्ने छन्,’ उनले भने।

https://www.facebook.com/rastriyakhabar/videos/585374835245115/

जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ। नेपाल, भारत, चीन, अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र अमेरिकाका कुटनीतिज्ञ तथा बौद्धिक व्यक्तित्वहरूले काठमाडौं घोषणापत्रको मस्यौदा गर्नेछन्। शिखर सम्मेलन आमन्त्रण समितिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माननीय माधवकुमार नेपाल अध्यक्ष, युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स र फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथैआइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष महामहिम जोसे डे भेनेसिया जुनियर र अन्य विशिष्ट व्यक्तित्वहरू रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०