फिल्म निर्माणमा तीन अभिनेत्री प्रियंका,अनुष्का र माधुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७५, सोमबार ०४:१२

मुम्बई । बलिउडका तीन चर्चित अभिनेत्रीहरू प्रियंका चोपडा, अनुष्का शर्मा र माधुरी दीक्षितले एकसाथ फिल्म निर्माण गर्ने भएका छन्। नेटफ्लिक्स ओरिजनल्स मातहत घोषणा गरिएका आठ फिल्ममध्ये तीन फिल्म प्रियंका, माधुरी र अनुष्काले निर्माण गर्ने भएका हुन्।

प्रियंका चोपडाको कम्पनीले ‘फायरब्रान्ड’ शीर्षकको फिल्म निर्माण गर्दैछ। यसको निर्देशन अरुणा राजेले गर्नेछन्। फिल्ममा उषा जाधव, गिरिश कुलकर्णी, सचिन खेडेकर र राजेश्वरी सचदेवा मुख्य भूमिकामा देखिनेछन्। ‘फायरब्रान्ड’ मराठी फिल्म हो। यसको कथा यौन दुष्कर्मको सिकार भएकी एक किशोरी वरिपरि घुम्ने छ।

अनुष्का शर्मा र उनका भाइ करणेश शर्माको कम्पनीले ‘बुलबुल’ शीर्षकको फिल्म निर्माण गर्दैछ। ‘बुलबुल’ शदीयौंदेखि चल्दै आएको मान्यता र अन्धविश्वासमा आधारित हुनेछ। यस्तै माधुरीले निर्माण गर्ने फिल्मको शीर्षक ‘१५ अगस्ट’ हो। यो फिल्मको कथा मुम्बईको जीवन शैलीमाथि आधारित हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१