गर्मी हटाउनको लागि पिउने उँखुको जुस को १० फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०४:४०

गर्मी मौषममा मानिसहरु उँखुको जुस गर्मी हटाउनको लागि पिउने गर्छन् । तर यो स्वादिष्ट पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाँहि धेरैलाई थाहा नहुन सक्छ । उँखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ ।akhu

त्यतिमात्र होइन उँखुको जुसमा आइरन भिटामिन ए, बी १, बी २, बी ३, बी ४ , बी ५, बी ६ प्रोटीन र फाइवर पनि उच्च हुन्छ ।

उँखुको जुसका यस्ता फाइदाः

-तत्काल उर्जाः उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।

-क्यान्सरबाट बचाउँछः उँखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।

-डण्डीफोरबाट मुक्तिः उँखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।

– मृगौलालाई फाइदाः उँखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

-रोग प्रतिरोधी क्षमता बढ्छः उँखुको रसमा एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।
-पाचन प्रणालीमा सुधारःउँखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली पनि राम्रो हुन्छ ।

-दाँत बलियो हुन्छःउँखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
-नङमा चमकः उँखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
-त्वचा जवान हुन्छः उँखुको रसमा हुने खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।

-ज्वरोबाट मुक्तिःउँखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०