जुम्लामा १७ करोडको स्याउ उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७५, आईतवार ०४:२५

जुम्ला । जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।

आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३०० व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ ।

व्यापारीले सरदरमा प्रतिकिलो रु ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१