देउवाले पार्टि कब्जा गर्नुभयो : केन्द्रिय सदस्य प्रकाशमान सिंह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७५, बुधबार ०५:०२

बिष्णुकुमार देवकोटा /दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उप सभापति प्रकाश मान सिंहले शेर बहादुर देउवाले काँग्रेसको बिधान बिपरित पार्टि संचालन गरीरहेको गम्भिर आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस दाङ ले आयोजना गरेको राजनैतिक भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै सिंहले देउवा माथी निरंकुश भएको आरोप लगाउनुभएको हो ।

नेपाली काँग्रेसका संस्थापक शुवर्ण समशेरको जन्मजयन्तिको अबसरपारेर आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै सिंहले देउवाले पार्टि कब्जा गरेको बताउनुभयो ।

स्थानीय, प्रदेश तथा संघीय चुनावमा पार्टिको केन्द्रिय नेतृत्वको अकर्रमण्यताकै कारण लज्जास्पद पराजय भोग्नु परेको बताउनुभयो ।

“तदर्थवाद्मा काँग्रस अब चल्न सक्दैन ” सिंहले भन्नु भयो । पार्टि लथालिंङ्ग अवस्था मा छ । काँग्रसको आफ्नै बिधि, बिधान, प्रकृया, परम्परा छ त्यो सबै लत्याँउदा आम काँग्रेसीजनहरुमा नीरासा छाएको सिंहले प्रस्ट्याउनुभयो ।

पार्टिलाई यसरी लथालिंङ्ग हिसाबले राख्नुभनेको कम्युनिस्टहरुलाई फाइदा पुग्नु हो नेता सिंहले दावी गर्नुभयो ।

नेपाली काँग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रीक गणतान्त्रिक समावेसी संबिधान जारी गरेको र संबिधानलाई सफलतापुर्वक कार्यान्वयन गर्नुपनि काँग्रेसकै दायित्व रहेको दावी गर्नुभयो ।
केन्द्रिय कार्यसमिति गठन भएको दुईमहिजा भित्र विभागहरु गठन गरीसक्नुपर्ने प्राबधान भएपनि आज सम्म विभाग र कार्यसमितिले नै पुर्णता नपाउनु देउवाको असक्षमता रहेको सिंहले दावी गर्नुभयो ।
नेपाल तरुणदल , नेपाल बिद्यार्थी संघ लगाएतका भातृसंस्थाहरुको अबिधेसनहरु तेकिएको मितिमा हुन नसक्नु, महासमिति बैठक को अनिस्चितता जस्ता म्याण्डेटोरी कुराहरु हुन नसक्ने र बिधान बिपरीत कार्यगर्नु देउवाको कमजोरी रहेको सिंहले बताउनुभयो ।

आफ्नो जिल्ला दौडाहा गुट को निर्माण का लागि नभई सत्यको उद्घाटनका लागि भएको बताउनुभयो ।
पार्टिले चुनाव केन्द्रिय नेतृत्वकै दिवालीयापनका कारण हारेको भन्दै काँगे्रसी भोटरहरुलाई कहिले सुर्य चिन्ह मा त कहिले हँसिया हथौडामा भोट हाल्न सिकाएकै कारण निर्वाचनमा पराजय भोगेको दावी गर्नुभयो ।

आँउदो महाधिबेसनमा आफ्नो पक्षमा जनमत श्रीजना गर्नका लागि जिल्ला दौडाहामा होमिएको अड्कल आम काँग्रसीजनहरुमा छ ।

गत चैत्रमा दाङ काँग्रेसका अभिभावक प्रभावसाली नेता खुम बहादुर खड्काको निधन पस्चात रीक्त रहेको भ्याकुम लाई पुर्तिगर्न दाङमा आफ्नो प्रभाव बिस्तार गर्न सिंहले दाङलाई राजेको राजनैतिक पण्डितहरुको बिश्लेषण रहेको

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१