अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डिजेडिप्लो सहितस्थानीय कलाकारहरु विपुल, लाउरे, नितेष जङ्ग कुँवर र रोहित एउटै स्टेजमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७५, बुधबार ०४:५४

काठमाडौँ । अमेरीकी निर्माता तथा डिजे डिप्लोद्धारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट २०१८ को मञ्च रोमाञ्चक शैलिमा सम्पन्न भएकोछ । नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले यो कन्सर्ट सफलता पूर्वक सम्पन्न गरेका छन् ।
कन्सर्टको शूरुवात लाउरेद्धारा भव्य शैलिमा भएको थियो । लाउरेको उत्कृष्ट प्रदर्शनी पश्चात विपुल क्षेत्री र व्यान्डले मञ्चलाई अझै रोचक बनाउदै कार्यक्रम अघि बढाएका थिए । यस्तै नितेष जङ्ग कुँवरको रमाईले प्रस्तुतीले मञ्च अझ रमणीय भएको थियो भने यसै क्रममा रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडिले ४५ मिनेट सम्म दर्शकमाँझ मनोमोहक प्रस्तुती प्रदान गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । अन्तीममा कार्यक्रमका मूख्य अकर्षण, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त डिजे डिप्लोले मञ्चमा रौनक दिन आएका थिए जसले उक्त सांगितीक साँझलाई अझ अविस्मरणीय बनाएका थियो ।
उक्त विश्वव्यापी ट्र«याक टुबोर्ग स्टे ओपन को ११ मे २०१८ मा प्रदर्शनी भएको थियो र नेपाली संस्करणको लिरिक्स् भिडियो भने जुनमा मात्र प्रदर्शनीमाआएको थियो । विश्वव्यापी कलाकारहरु डिप्लो र मो को साथ नेपाली कलाकारहरु लाउरे र बिपुल भएको म्युजिक भिडियो सेप्टेमबरमा प्रदर्शनीमा आएको थियो । उक्त ट्र«याक पहिले अमेरिकी निर्माता तथा डिजे, डिप्लो र डेनिस गायिका मो ले टुबोर्ग ओपनका लागि रेर्कड गरेका थिए । उनीहरु दुवै मिली स्टे ओपन ट्र«याक बनाए र नेपाली संस्करणको बिपुल र लाउरेले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गरेका छन् । एकअर्काको विचारहरु महिनौसम्म साटासाट गरेर, टुबोर्ग ओपन म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनी भयो जसले १ करोड भ्यु संकलन गरिसकेको छ ।
उक्त विश्वव्यापी अभियान आजको यस टुर्बोग ओपन फेस्टबाट समाप्त भएको छ । यस कोल्याबोरेशन्ले संगीतको कुनै सिमाना हुँदैन र संगीतले सिमानाहरु नाघी नयाँ सिर्जनात्मक विचारहरु ल्याउने प्रमाणित गदर्छ ।
यस परियोजना मार्चमा सुरु भएको थियो । बिपुल र लाउरे कोपनहागेन गएर डेनिस गायिका मो लाई भेटी उनीहरुको शैलीमा उक्त गीतको नेपाली संस्करण तयार गरेका थिए ।
यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने,“टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ट्र«याकमा काम गरिरहेका थियांै, यस ट्र«याक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहितछन् ः“मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुकोबारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु ।”

लाउरेले उत्साहित हुँदै भने, “टुबोर्गलाई यस्तो अविस्मरणीय अवसरको लागि धन्यवाद दिन चाहन्छु । टुबोर्ग ओपन प्रोजेक्टले नेपाली संगीत क्षेत्रमामात्र नभई पुरै नेपाली मनोरञ्जन क्षेत्रको बढुवा गरेको छ ।”
बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरे सँगको शानदार सहकार्यमा सहभागि हुन पाउदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग काम गर्न पायौं र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।”

गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङडाईरेक्टर, बैभब शर्मा का अनुसार, “हामी टुबोर्ग ओपन फेस्ट २०१८ मा डिप्लोे सँग हाम्रा स्थानिय कलाकार लाहुरे, बिपुल क्षेत्रीे, नितेश जङ्ग कुँवर, रोहित शाक्य र त्रिशला गुरुङ्गसँग आयोजना गर्न पाउँदा उत्साहित भएकाछौं । यो हाम्रो कलाकारहरुको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणिय रहेको छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१