नेविसंघको कार्यकाल दुई महिना थप

काठमाडौं।  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो।

पार्टीका शीर्ष नेताको असहमतिका बीच बैठकले संघको विधानलाई संशोधन गरी नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको आयु दुई महिना बढाएको छ।

सोमवार, मंसिर ३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री