ढाड दुख्नुका कारण र बच्ने घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:२२

काठमाडौं । तपाई हाम्रो उमेर बढ्दै जाँदा विभिन्न रोगले च्याप्नु स्वभाविक हो । हाम्रो खानपान र आचरणमा सुधार गर्ने हो भने त्यसलाई धेरै हदसम्म घरमै निको पार्न सकिन्छ । यहाँ हामीले ढाड दुख्ने समस्या कसरी हुन्छ र त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा सामान्य उपाय राखेका छौँ ।

– मांसपेशीलाई हड्डीले सहारा दिने गरेको हुन्छ । यदि मांसपेशी र हड्डीमा तालमेल मिलेन भने पनि ढाड दुख्ने वा पीठ्यू दुख्ने समस्या हुन सक्छ । तपाईको हड्डीमा आएको खराबीले मात्रै कम्पर, पीठ्यू दुखेको हुँदैन । हुन सक्छ तपाईको मांसपेशीले हड्डीलाई ठीकसँग सहारा नदिँदा पीठ्यू दुख्न पनि सक्छ । यस्तो अवस्थामा योग र स्ट्रेचिङ्ग गर्दा आरामा मिल्न सक्छ ।

– धेरै व्यक्तिहरू मोबाइल र ट्यब्लेट प्रयोग गर्छन् । यसको प्रयोग गर्ने बेला उनीहरू धेरै अगाडि झकेका हुन्छन् । यसले पनि पीठ्यू दुख्नमा सहयोग गरेको हुन्छ । सकेसम्म आफ्नो कुमलाई सिधा राख्नुस् । टिभी हेर्दा होस् वा सोफमा बसेका बेला पनि कम्मरलाई सीधा राख्नुस् ।

– तपाई धेरै समय कुर्सीमा बसेर काम गर्नुपर्ने हुन्छ भने ढाडलाई सिधा बनाइ राख्ने कुर्सीको प्रयोग गर्नुस् । लचकदार कुर्सीको प्रयोग नगर्नुस् । एकआध घण्टाको बीचमा आफ्नै कोठाभित्र कम्तीमा पाँच मिनट हिँड्नुस् ।

– मानिसको जीवनमा जुत्ताले धेरै फरक पारेको हुन्छ । कतिलाई थाहा हुन नसक्छ । जुत्ताका कारण पनि हड्डीलाई असर पारेको हुन्छ । हिल भएका जुत्ता चप्पल प्रयोग नगर्ने । सामान्य हिल भएका जुत्ता चप्पल प्रयोग गर्ने ।

– बिहान सुतेर उठ्दा ढाड दुख्छ वा कम्मर दुख्छ भने त्यसको जिम्मेदार तपाई सुत्ने गरेको गद्दावाला ओछ्यान हुन सक्छ । सकेसम्म गद्देदार ओछ्यानमा नसुत्दा राम्रो हुन्छ । धेरै लचकदार ओछ्यानले हड्डीलाई असर गरेको हुन्छ ।

– महिलाले बोक्ने साना झोलाहरूले पनि पीठ्यू दुखाउने गर्छ । किन कि त्यस्ता झोला महिलाहरूले एकतर्फ मात्रै बोक्ने हुँदा वा कुम साटफेर गर्न भुल्दा पीठ्यू दुख्नुका साथै हड्डीमा समस्या हुन सक्छ । झोला किन्दा दुबैतर्फबाट बोक्न मिल्ने खरिद गर्नुपर्छ । झोला एकातर्फ मात्रै नबोक्ने पछाडि बोक्ने ।

– महिलाहरूले आफ्ना साइजका ब्रा नलगाउँदा पनि ढाड दुख्ने समस्या महिलामा धेरै आउन सक्छ । किन भने साइजको ब्राले महिलाको बक्षलाई आफ्नो स्थानमा राखेको हुन्छ । तर बेसाइजका ब्रा लगाउँदा पछाडिको मांङ्पेशी अगाडि आउँने र त्यसले पीठ्यू दुख्ने समस्या ल्याउँछ । महिलाले आफ्नो साइज अनुसारकै ब्रा लगाउनु पर्छ ।

– चुरोट खानेहरूका लागि पीठ्यू दुख्ने समस्या अरुको तुलनामा दुई गुणा धेरै हुन्छ । चुरोटका कारण मांसपेशीलाई आवश्यक पर्ने अक्सीजन नपाउँदा पीठ्यू दुख्ने समस्या आउने गरेको हुन्छ ।

– तनाव कम गर्नु सबैभन्दा उचित हुन्छ । डिप्रेसनले पनि कम्मर दुख्ने वा पीठ्यू दुख्ने समस्या बढाएको हुन्छ । आफूलाई सकेसम्म तनाब मुक्त गराउने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१