शरीरका यी ७ अंगमा हातले नछुनुस् आफ्नो स्वास्थ्यको लागि सबैले जान्न आवश्यक छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:२१

विशेषज्ञको सल्लाहः शरीरका यी ७ अंगमा हातले नछुनुस् आफ्नो स्वास्थ्यको लागि सबैले जान्न आवश्यक छ

यदि तपाइँलाई स्वस्थ रहने चाहाना छ भने शरीरलाई मन्दिर सम्झिनुस् । शरीरका कुनै यस्ता अंग छन् जहाँ नाङ्गो हातले नछुनु राम्रो मानिन्छ । अमेरिकाको एरिजोना राज्यस्थित जुकरम्यान कलेज अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर रेनाल्डले गरेको एक शोधले हाम्रो हातमा हुने जिवाणुका कारण हाम्रो शरीरमा रोग संक्रमण हुने देखाएको छ ।
यदि तपाइँ हातको औंला राम्रो सँग धुनु हुन्छ भनेपनि यसमा जिवाणु संक्रमण सबैभन्दा छिटो हुने यो शोधको भनाइ छ । वरपरको वातावरणबाट औंलाको टुप्पमा सबैभन्दा पहिले जिवाणु संक्रमण हुने रेनाल्डको ठहर छ ।
त्यसैगरी युनिभर्सिटी अफ नेब्रास्कार मेडिकल सेन्टरका अनुसार यदि तपाइँ नियमित नङ काट्नु हुन्न र औंलामा औंठी समेत लगाउनु हुन्छ भने तपाइँलाई सबैभन्दा छिटो जीवाणु संक्रमण हुन्छ ।

नयाँ शोधका अनुसार शरीरका यी अंगमा हातले नछुनु राम्रो हुन्छ
१- कानः
सके सम्म कानमा औंला नछिराउनुस् । अन्य कुनै चिज पनि कानमा हाल्नु राम्रो होइन । कानमा एयर बड प्रयोग गर्दा समेत झिल्लीमा गम्भिर असर पर्न सक्छ । यदि कानमा समस्या छ भने विशेषज्ञलाई देखाउनुस् । औंला छिराएर कन्याउने भुल नगर्नुस् ।

२- अनुहारः
कानमा मात्र होइन औंलाले सके सम्म अनुहारमा पनि नचलाउनुस् । औंलामा हुने जीवाणूले अनुहारमा संक्रमण हुन सक्छ । यसले तपाइँको अनुहार नराम्रो देखिने समेत खतरा हुन्छ । तपाइँको औंलाको टुप्पमा हुने तेलले पनि अनुहारमा हुने त्वचाको छिद्र बन्द गरिदिन सक्छ । जसले गर्दा डण्डिफोर लगायतको समस्या हुन्छ ।
३- नितम्बः
तपाइँले दिशा धोइसकेपछि हातलाई राम्रो संग धुनु पर्छ । मलद्वारको नजिक हुने भागमा नितम्ब सम्म पनि मलद्वारमा हुने जीवाणुको संक्रमण हुन सक्छ । दिशा धोइसकेपछि सेनिटाइजर सोप वा अन्य प्रभावकारी बस्तुले धुनु जरुरी हुनु पर्छ ।
४-आँखाः
कन्ट्याक्ट लेन्स लगाउँदा वा आँखामा केही हाल्दा औंला नछिराउनुस् । यसो गर्दा तपाइँको आँखामा जीवाणूको संक्रमण हुन सक्छ ।
जिहले पनि आँखामा चलाउँनु पर्दा सुरक्षित कुराको प्रयोग गर्नुस् । औंला भुलेर पनि नलगाउनुस् । केही समस्या परे आँखा विशेषज्ञकोमा जचाउँनुस् ।
५- मुखः
इङ्ग्ल्याण्डमा गरिएको एक शोधका अनुसार दिक्क लागेको बेला मानिसहरु मुखमा औंलो हाल्छन् । मानिसहरु एक घण्टामा औषत २३ पटक सम्म औंलो मुखमा पुर्यारउँछन् । ब्यस्त भएको समयमा अझै बढी पनि हाल्न सक्छन् । यस्तो गर्नु अत्यन्तै घातक हुन सक्छ । तपाइँको औंलामा हुने जीवाणु मुखबाट शरीरमा प्रवेश गर्छ ।
६-नाकः
मुख र कान जस्तै नाकमा पनि औंला हाल्ने बानी खराव हो । सामान्य समयमा भन्दा नाकमा औंला हाल्दा औंलामा भएको स्टेफिलोकोकस ब्याक्टीरिया सक्रमण हुने खतरा ५१ प्रतिशत बढि हुन्छ ।
७- नङको छालाः
ब्याक्टेरियालाई फैलिनबाट रोक्नका लागि नङ काटिरहनु राम्रो हुन्छ । यद्यपी नङ सफा गर्दा अर्को नङ वा औंलाको प्रयोग भुलेर पनि नगर्नुस् । नङ सफा गर्दा ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । नङको छालामा अर्को औंला वा नङ हाल्दा ओनिकोलाइसिसको खतरा हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०