भारतमा शक्तिशाली आँधी, ३३ जनाको मृत्यु, ७७ हजार घरबारविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:१५

नयाँदिल्ली । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ ।

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । आँधीले हजारौँ रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन् । घरबारविहिन भएका हजारौ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ।

मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । “घरबारविहीन भएकाहरुको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,” एक अधिकारीले पत्रकारहरुसँग भने ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१