आज हरिबोधनी एकादशी : तुलसीको विवाह पनि गरिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:१३

काठमाडौं । आज हरीवोधनी एकादशी, हिन्दु धर्मालम्बीहरुले भगवान विष्णुको पुजा अर्चना गरी व्रत अनुष्ठान साथ मनाउने गर्दछन् ।

भगवान् विष्णुको पूजा, आराधना, भजन किर्तन र ब्रत बसी आज मुलुकभर हरिबोधनी एकादशी मनाइदै छ । पौराणीक कथा अनुसार मुर नामक दैतको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठुलो संघर्ष गर्नुपरेको थियो । यस युद्धको थकानबाट विश्रान्ती लिन बद्री आश्रम स्थित हेम वति गुफा गई सयन गरीरहेको अवस्थामा विष्णुका शरीरबाट अत्यन्त सुन्दरी कन्या उत्पन्न भएको कथामा उल्लेख छ ।

तिनै कन्याबाट बध गरीएका मुर दैत्य जमिनमा बज्रीएको आबाजले विष्णु भगवान सयनबाट ब्युझनुभएको सम्झनास्वरुप यस दिन हरीवोधनी एकादशीका नामले प्रशिद्ध रहन गएको हो । असार शुक्ल एकादशीमा क्षीर समुन्द्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फर्कने र आजको दिन निन्द्राबाट बिउझिने मान्यताका साथ भगवान बिष्णुको पुजा आरधना गरिन्छ ।

आजकै दिन गत असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसंग भएकाले यस दिनलाई तुलसी विवाहको रुपमा पनि लिने गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१