सूर्तीजन्य पदार्थको उत्पादन गर्ने कम्पनिनै प्रतिबन्ध लगाउन माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७५, आईतवार ०८:०९

काठमाडौँ । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)  ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् ।

ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ ।

प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । पछिल्लो समय नेपालमा सूर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ५० लाखभन्दा माथि रहेको बताइन्छ । सूर्तीजन्य पदार्थकै कारण वर्षेनि २५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१