एसिसि.ए.सि.नेपालले काठमाण्डौंमा अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम गर्दै (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७५, आईतवार ०४:५०

काठमाण्डौं । मंसिर २५ गतेदेखि काठमाण्डौंमा अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

‘कला र संस्कृतिमा सबैको पहुँच’ भन्ने मुल नाराका साथ स्थापित एसिसि.ए.सि.नेपाल संस्थाको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम २०७५ आगामी मंसिर २५ गतेदेखि २८ गतेसम्म होटल याक एण्ड यति दरवार मार्ग काठमाण्डौंमा हुन लागेको हो ।

नेपालको कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको  एसिसि.ए.सि.नेपालको अध्यक्ष सुशील फुयालले जानकारी दिए ।

फुयालका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकारहरु महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहनेछ । साथै कार्यक्रममा नेपाल, फिनल्याण्ड, कोरिया, इजिप्ट, मोरक्को, बेल्जीयम, जर्मनी, सिँगापुर, स्विडेन, स्विजरल्याण्ड लगायतका विशिष्ट व्यक्तित्व तथा कलाकारहरुको सहभागिता रहनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार तथा व्यक्तित्वलाई समारोहमा सम्मान पनि गरिने जानकारी दिनुभयो  ।

भिडियो सहित :

https://www.facebook.com/rastriyakhabar/videos/335277390384309/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१