पार्टीको कार्यकममा जाँदा आफ्नै कार्यकर्ताले झन्डै कुटेनन शेरबहादुर देउवालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७५, आईतवार ०४:२७

काठमाडौं । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् ।

कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै झण्डै हातहालाहाल र कुटाकुटको अवस्था श्रृजना भएको थियो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्ट लगायतको समूहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१