राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७५, शनिबार ०७:३२

हेटौँडा । प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेश ३ सभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो ।

अब बस्ने प्रदेश सभा बैठकमा स्थायी राजधानीको प्रस्ताव अघि बढाउने तयारी भएपछि प्रदेश सभा बैठक अनिश्चित भएको छ ।स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । एउटै पार्टीका सांसदबीच मतभेद हुन थालेपछि राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१