कानले नै बताउँछ तपाई कति भाग्यमानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार ०५:०५

मानिसहरुले कानको काम सामान्य रुपमा सुन्ने मात्रै भनेर बुझ्छन् । र खासमा कानले सुन्ने बाहेक अन्य काम गरेजस्तो पनि लाग्दैन ।

तर समुद्र शास्त्रमा भने कानले गर्ने कामबारे थप व्यख्या गरिएको छ । समुद्र शास्त्रका अनुसार कानले मानिसको भाग्य र व्यक्तित्व समेत बताउँछ ।

अब तपाईले आफ्नो कान ऐनामा हेरेरै आफ्नो भाग्य र भविश्यको संकेत पत्ता लगाउन सक्नुहुनेछ । समुद्र शास्त्रमा उल्लेख गरिएअनुसार यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । छोटो कान भएका व्यक्ति बुद्धिमान हुन्छन् ।

जुन व्यक्तिको कान जन्मजात नै लामा हुन्छन् तिनीहरुको आयू लामो हुन समुद्र शास्त्रमा उल्लेख छ । यस्तै लामा कान हुने व्यक्तिहरुले जीवनमा धेरै संघर्ष गर्नुनपर्ने पनि शास्त्रमा उल्लेख छ ।

चेप्टो कान भएका व्यक्तिहरु भने भिन्न खालका हुन्छन् । उनीहरु भोग विलासी स्वभावका हुने शास्त्रमा उल्लेख छ ।

कानमा रौं भएका मानिसहरुलाई खासै मन पराइँदैन । तर उनीहरुको आयू लामो हुने शास्त्रमा उल्लेख छ । यस्तै कानमा रौं हुने व्यक्तिले आफ्नो कर्मका आधारमा धन आर्जन गर्न सक्ने शास्त्रमा उल्लेख छ ।

यस्तै कानको लोती अत्यन्तै छोटो भएका व्यक्ति मितव्ययी र धन बचाउने स्भावका हुन्छन् । यस्ता कान भएका व्यक्तिहरु मिलनसार हुने समेत शास्त्रमा उल्लेख छ ।

कालो र सुख्खा देखिने कान भएका व्यक्तिलाई भने शास्त्रले नराम्रो भनेको छ । यस्ता कान भएका व्यक्तिले जीवनमा अधिकांश समय आर्थिक अभावको समस्या झेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०