रुकुममा १७ वर्षीया किशाेरी बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार ०५:०१

रुकुम । रुकुम (पश्चिम) मा एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजिप खड्कालाई पक्राउ समेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)  ले दिएको जानकारी अनुसार खड्काले विवाह गर्ने आश्वासन दिएर किशोरीलाई होटेलमा लगी लिई जबरजस्ती करणी गरेका थिए। प्रहरी कार्यालय रुकुम (पश्चिम)  का सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले दिएको जानकारी अनुसार जबरजस्ती करणी गरेको भन्दै पिडित परिवारले प्रहरीमा उजुरी दिएको छ।उजुरी दर्ता हुने वित्तिकै खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए।

पक्राउ परेका खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यहि गाउँपालिकामा गत शुक्रबार नौ वर्षीया अर्की एक बालिका बलात्कृत भएकी थिइन्। बालिका बलात्कार गर्ने व्यक्ति भने अझैसम्म फरार रहेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१