भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७५, बिहीबार ०६:०७

काठमाण्डौ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ ।

होटल एसोसिएसन अफ नेपाल (हान)  ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास तथा बैङ्ग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा आगामी मंसिर ३ गते प्रवद्र्धनात्मक कार्यक्रम गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भारत नेपालको पर्यटनको मूख्यस्रोत बजार भएकाले अधिक सङ्ख्यामा भारतीय पर्यटकलाई आकर्षण गर्न कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले बताउनुभयो । उहाँकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ पनि गरिनेछ ।

सोही अवसरमा होटल सङ्घ नेपालको अर्धवार्षिक साधारणसभा बैङ्ग्लोरस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना गरिने हानले जनाएको छ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीतिअनुसार यस वर्ष बैङ्ग्लोरमा आयोजना गरिने भएको हो । साधारणभामा ३५ भन्दाबढी होटल व्यवसायीले सहभागिता जनाउनेछन् ।

साधारणसभाले सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने छ । सो अवसरमा सङ्घका अध्यक्ष शाक्यले पर्यटन व्यवसायमा होटल क्षेत्रको अवस्थाबारे जानकारी गराउनुहुने र महासचिव विनायक शाहले सरकारले हालै १०० नयाँ गन्तव्य पहिचान गरिसकेकोले सरकार र निजी क्षेत्र मिलेर कसरी अघि बढ्ने भन्नेबारे अवधारणा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको हानद्घारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१