यस्तो अफिस जहाँ ढिलो आउने कर्मचारीका लागि दिइन्छ यस्तो खतरनाक सजाय : बेल्टले हिर्काउँदै पिसाव पिउने देखि कक्रोच खाने सम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७५, सोमबार ०६:५२

काठमाडौं । नेपालका कर्मचारीहरूले ढिलासुस्ती गर्नु कुनै नौलो होइन । तर चीनमा एउटा कम्पनीले कार्यालय आउन ढिलो गर्ने कर्मचारीलाई दिने सजाय तपाइ सुन्नु भयो भने अच्म्मित पर्नुहुन्छ । चीनको एक कम्पनीले कार्यालय ढिलो आउने कर्मचारीका लागि खतरनाक सजायको व्यवस्था गरेको छ । अफिस ढिला पुग्ने कर्मचारीले सारा कर्मचारीको अगाडी पिसाब पिउनुपर्छ अनि कक्रोच खानुपर्छ । तिले मात्र नपुगेर ढिलासुस्ती गर्ने कर्मचारीलाई बेल्टले पिटिन्छ पनि । अल्छे कर्मचारीको टाउको मुण्ड्याइदिने र शौचालयको मगबाट पानी पिउन लगाएर सजाय दिइन्छ ।

एक महिनाको तलब रोकेर यस्तो सजाय दिइदा पनि कर्मचारीले अफिस भने छोड्दैनन् । सारा कर्मचारीको अगाडी यस्तो सजाय पाउँदा पनि अफिस नछोड्नुको पछाडी एउटै कारण छ, त्यो हो निकै राम्रो तलब । कार्यालयले निकै राम्रो तलब दिने भएकाले कर्मचारीले काम भने छोड्दैनन् ।अफिसमा औपचारिक पोशाक लगाएर नआउने कर्मचारीले ५० युआन जरिवाना पनि तिर्नुपर्छ । यस्तो सजाय हुने गरेको भएपनि धेरैजसो कर्मचारीले जागिर छोड्दैनन् किनकि यहाँ तलब निकै राम्रो छ ।कर्मचारीहरूमाथि खराब व्यवहार गर्ने तीन व्यवस्थापकलाई पाँचदेखि १० वर्षको कारावास सजाय भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०