क्यालिफोर्नियामा लागेको भयानक आगलागीले लेडी गागा र किम कार्दाशियन पनि घर छोड्न बाध्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७५, सोमबार ०६:४८

अहिले अमेरिकाको क्यालिफोर्नियामा इतिहासकै सबैभन्दा ठुलो आगो लागेको छ ।उक्त डरलाग्दो आगोमा परी मृत्यु हुनेहरुको संख्या २५ पुगेको छ ।आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान समेत गरिएको छ । उद्धारकर्मीहरुले शनिबार १४ ओटा शव फेला पारेका थिए । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् । क्यालिफोर्नियाको मालिबु, प्याराडाइज, क्लालाबासस र थाउजेण्ड ओक्स नामक जंगलमा फैलिएको विशाल आगोका कारण लेडी गागा, किम कार्दाशियन तथा रेन विल्सनजस्ता हलिउडका नाम चलेका कलाकारहरु घर छोड्न बाध्य भएका छन् ।

अधिकारीहरुका अनुसार यो भयानक आगलागीले सम्पूर्ण प्याराडाइज सहरलाई नै घेरिसकेकोले हलिउडका यी नामूद कलाकारहरुबाहेका मालिबुमा बस्ने अन्य सर्वसाधारणहरुलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतिर पठाइएको छ । सहरभरीमा अब १० देखि २० प्रतिशत घरहरुमात्र सही हालतमा रहेका छन् । दक्षिणी क्यालिफोर्नियाको आगलागीले करिब २२ वर्गमीलको क्षेत्रलाई ओगटेको बताइएको छ । वूलसी फायर नाम दिइएको दक्षिणी क्यालिफोर्नियाको आगलागीले सहरमा ८० देखि ९० प्रतिशत नोक्सान पुर्‍याएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०