श्रीलंकामा राजनीतिक संकट : राष्ट्रपतिले गरे संसद भङ्ग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७५, आईतवार ०४:५०

एजेन्सी । श्रीलंकाका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्। प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच माइत्रीपालाले यस्तो कदम चालेका हुन्।

बीसीका अनुसार श्रीलंकामा चलिरहेको राजनीतिक संकटकाबीच सिरिसेनाको संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट संसद भङ्ग गरिएको हो। जसको आधिकारिक सूचना जारी भइसकेको छ र अब जनवरीमा आम चुनाव हुनसक्ने सम्भावना छ।

यद्यपि, उनको आदेशका विरुद्ध सर्वोच्च अदालतमार्फत् चुनौती दिनसक्ने विकल्प बाँकी नै रहेको बताइएको छ। उता प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रानिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी ९यूएनपी०ले राष्ट्रपतिसँग यस्तो निर्णय गर्ने शक्ति नभएको प्रतिकृया दिएको छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमासिंघे र उनको मन्त्रिमण्डललाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिंदा राजापक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए।

उनको पार्टी युएनपीका सांसद अजित परेराले संसदलाई भंग गर्ने कदम अवैध भएको भन्दै यो रद्द हुने विश्वास व्यक्त गरेका छन्।

बीबीसीसँगको कुराकानीमा उनले भने, ‘हामी निर्वाचन आयोगसँग देशमा रक्तपातपूर्ण संघर्षबिना शान्तिपूर्ण तरकािले यो मुद्दाको समाधान गर्न अनुरोध गर्दछौं।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१