यसरी गर्नुहोस् जाडोमा खुट्टाको स्याहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७५, आईतवार ०४:२६

जाडो मौसममा छालासँग सम्बन्धी विभिन्न समस्या देखिन्छन् । ती मध्ये छाला सुख्खा हुने, फुट्ने र चमक हराउने जस्ता समस्या प्रमुख हुन् । प्रायः मानिस जाडोमा अनुहारलाई मुलायम राख्न र हातका छाला फुट्नबाट जोगाउँन मात्रै बढी ध्यान केन्द्रित गर्छन । उनीहरू खुट्टाको देखभाल गर्नतर्फ ध्यान नै दिदैनन् ।

तर जाडोमा खुट्टाको देखभाल नगर्ने हो भने गम्भीर समस्या निम्तन सक्छ । जाडो यस्ता समस्या देखिने प्रमुख कारण खुट्टामा पसिना उत्पन्न गर्ने ग्रन्थी सक्रिय नहुनु हो । साथै धूलो, माटो र नराम्रो साबुनको प्रयोगले पनि हात र खुट्टाको छालामा असर पर्छ । खुट्टाको देखभाल राम्रो नभए कुर्कुच्चा फुट्ने र दुख्ने हुन्छ ।

खुट्टाको छाला सुख्खा भए नराम्रो देखिन्छ । त्यसैले खुट्टाको छालाको देखभाल गर्ने केही घरेलु उपाय बारेमा जानौं स्– खुट्टाको देखभाल गर्ने उपाय

– कुर्कुच्चा फुट्ने समस्या छ भने राती सुत्नु भन्दा पहिले खुट्टालाई तातो पानीमा केही समय राख्ने । यसले खुट्टा नरम हुनुका साथै खुट्टाको थकान पनि कम हुन्छ ।

– खुट्टामा जमेको धुलो माटो वा फोहोरलाई सफा गर्न एउटा टबमा मन तातो पानी लिने र त्यसमा ३ चम्चा नुन राख्ने । त्यसपछि सो पानीमा खुट्टालाई २० मिनेटसम्म डुबाउने । यसो गर्नाले खुट्टा सफा हुनुका साथै नरम पनि हुन्छ ।

– सकेसम्म खुट्टालाई जाडो मौसममा नरम बनाइ राख्नु पर्छ । त्यसका लागि राम्रो मोइस्चराइजर लगाउने र सुतिको मोजा लगाउनु पर्छ । राम्रो परिणामका लागि लोसनको सट्टा प्राकृतिक तेल प्रयोग गर्ने।

– सँधै आरामदायक जुत्ता वा चप्पलको प्रयोग गर्ने । जसले खुट्टा फुट्नबाट जोगिन्छ ।

– खुट्टाको मृत कोषहरूलाई निकाल्न प्युमेस नामक ढुंगाको प्रयोग गर्ने। यसले कडा छाला निकाल्नमा मद्दत गर्छ।

– खुट्टाको छालामा समस्या हुन नदिन तथा खुट्टा नरम बनाउन कागती काटेर रगड्ने गर्नुपर्छ। हप्तामा कम्तीमा एक पटक यसो गरे छाला सम्बन्धी समस्या हराएर जान्छ।

– खुट्टालाई प्रत्येक रात मन तातो पानीले सफा गर्ने र राम्रोसँग सुकाएर लोसन लगाउने गर्नुपर्छ । यसो गरे खुट्टा नरम र मुलायम हुन्छ।

– सुख्खा छालालाई कैँची वा चक्कुले काट्ने जस्ता काम कहिल्यै पनि गर्नु हुँदैन । यस्ता क्रियाकलापले छालामा संक्रमण हुन्छ।

– खुुट्टामा प्राकृतिक तेलको प्रयोग गर्नुपर्छ। तेल लगाएर हल्का हातले रगड्दा कठोर छाला मुलायम हुन्छ र चम्किलो तथा सुन्दर देखिन्छ।

– हरेक दिन कम्तीमा पनि ८ देखि १० गिलास पानी पिउने गर्नुपर्छ। साथै कैफिन र मादकपदार्थ सेवनबाट टाढा बस्नु पर्छ । किनकी यस्ता वस्तुले शरीरमा पानीको मात्रा कम गर्छ।

– एक चम्चा तेलमा दुई चम्चा चिनी मिसाएर हात र खुट्टामा लगाएर रगड्नाले पनि हात र खुट्टा नरम हुन्छ । त्यसका लागि सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ ।

– खुट्टालाई धूलो र माटोबाट जोगाउने। यसका लागि मोजा, जुत्ता र चप्पलको प्रयोग गर्ने । साथै राती सुत्ने बेलामा खुट्टामा तेल लगाउने र मोजा लगाएरै सुत्ने ।

– घरेलु उपाय अबलम्बन गर्न नसक्ने व्यक्तिले ब्युटि पार्लरमा गएर पेडीक्योर गराउनु पर्छ । साथै समस्या ठूलो हुँदै गए सम्बन्धित चिकित्सकसँग परामर्श गर्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१